‘इआरएस टावर’ प्रयोग गरी खिम्ती–लामोसाँघु प्रसारण लाइन सञ्चालन

काठमाडौं । गत असोज ११ र १२ को अविरल वर्षाका कारण तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस) प्रयोग गरी सञ्चालनमा ल्याइएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले आज दिउँसादेखि सो प्रसारण लाइन चार्ज गरी सञ्चालनमा ल्याइएको बताए ।
तामाकोसी नदीको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको सात नम्बर टावर बगाएको थियो । टावर बगेपछि चार वटा टावरको तार (कन्डक्टर) मा पनि क्षति पुगेको थियो ।
टावर बगाएपछि उक्त लाइनबाट गत १३ असोजबाट विद्युत् प्रवाह बन्द हुँदा खिम्तीबाट काठमाडौँ उपत्यकाको प्रसारण लाइन टुटेको थियो । उक्त लाइनबाट करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुने गरेको छ । खिम्ती–लामोसाँघु काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति हुने महत्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनको विद्युत् लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन्छ ।
यसैगरी, सिन्धुपाल्चोकको भोटेकोसी नदी जलाधार क्षेत्रमा निर्माण गरिएको जलविद्युत् आयोजनाको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । लाइनमा क्षति पुगेपछि विद्युत् निर्यातसमेत प्रभावित भइरहेको थियो ।
हाल इआरएसमार्फत लाइन सञ्चालन गरी बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माण प्रक्रिया सुरु भइसकेको जनाइएको छ । प्राधिकरणले आफैैँसँग रहेको इआरएस संरचनाको प्रयोग गरी खिम्ती–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको हो ।
इआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए । स्थानीयसँग सहमति जुटाएर इआरएस टावर राखिएको प्राधिकरणले जनाएको छ ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया