चौथो रानीवन गोल्ड कपको उपाधि सिम ब्वाइजलाई

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा कात्तिक २ गतेबाट सञ्चालन भएको चौथो रानीवन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सिम ब्वाइज क्लबले हात पारेको छ ।
सिमकोट तल्लो बजारमा सञ्चालन भएको खेलमैदानमा १५ वटा टिमको सहभागी रहेको थियो । शुक्रबार भएको फाइन खेलमा सिमकोट तल्लो गाउँ राईजिङ क्लव माथि बिजेता हात पार्दै सिम ब्वाईजले प्रतियोगिताको बिजेता बनेको हो ।
चौथो रानीवन गोल्ड कप प्रतियोगितामा सिम ब्याईज क्लव निर्धारित समयमा बराबारी गोल भएपछि (पेलान्टी) ट्राईबेकरमा बिजेता भएको हो । जसमा दुईका बिरुद्ध तीन गोल गरेर सिम ब्वाईज बिजेता भएको आयोजक टिमले जानकारी दिएको छ । निर्धारित समयको दोस्रो हाफमा दुवै टिमले गोल बराबरी गरेपछि खेल ट्राईबेकरमा गएको थियो । बिजेता र उपबिजेता टिमलाई क्रमश रु पचास हजार र तीस हजार नगद पुरस्कार प्रदान गरिएको हो ।
त्यसैगरि बिजेता सिम ब्वाईजलाई ट्रफी पनि प्रदान गरिएको थियो । बिजेता र उपबिजेता सबै खेलाडीलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी सिम ब्वाईजका जीवन रावतलाई बुट प्रदान गरिएको थियो भने सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहको तर्फबाट खेल अवधिभर गरेका आठ वटा गोलको प्रतिगोल पाँच सय रुपियाँका दरले चार हजार नगद पनि प्रदान गरिएको थियो ।
उत्कृष्ट खेलाडी सिम ब्वाईज कै बिशाल सिंह पनि पुरस्कृत भएका छन् । उत्कृष्ट गोल किपरमा सिम ब्वाईज कै छिरिङ लामा रहेका रहेका थिए ।












६५ लाख चाेरेर काठमाडौँबाट भागेका युवक दाङमा पक्राउ
तेक्वान्दो टोली चीन प्रस्थान
जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया