चौथो रानीवन गोल्ड कपको उपाधि सिम ब्वाइजलाई

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा कात्तिक २ गतेबाट सञ्चालन भएको चौथो रानीवन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सिम ब्वाइज क्लबले हात पारेको छ ।
सिमकोट तल्लो बजारमा सञ्चालन भएको खेलमैदानमा १५ वटा टिमको सहभागी रहेको थियो । शुक्रबार भएको फाइन खेलमा सिमकोट तल्लो गाउँ राईजिङ क्लव माथि बिजेता हात पार्दै सिम ब्वाईजले प्रतियोगिताको बिजेता बनेको हो ।
चौथो रानीवन गोल्ड कप प्रतियोगितामा सिम ब्याईज क्लव निर्धारित समयमा बराबारी गोल भएपछि (पेलान्टी) ट्राईबेकरमा बिजेता भएको हो । जसमा दुईका बिरुद्ध तीन गोल गरेर सिम ब्वाईज बिजेता भएको आयोजक टिमले जानकारी दिएको छ । निर्धारित समयको दोस्रो हाफमा दुवै टिमले गोल बराबरी गरेपछि खेल ट्राईबेकरमा गएको थियो । बिजेता र उपबिजेता टिमलाई क्रमश रु पचास हजार र तीस हजार नगद पुरस्कार प्रदान गरिएको हो ।
त्यसैगरि बिजेता सिम ब्वाईजलाई ट्रफी पनि प्रदान गरिएको थियो । बिजेता र उपबिजेता सबै खेलाडीलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी सिम ब्वाईजका जीवन रावतलाई बुट प्रदान गरिएको थियो भने सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहको तर्फबाट खेल अवधिभर गरेका आठ वटा गोलको प्रतिगोल पाँच सय रुपियाँका दरले चार हजार नगद पनि प्रदान गरिएको थियो ।
उत्कृष्ट खेलाडी सिम ब्वाईज कै बिशाल सिंह पनि पुरस्कृत भएका छन् । उत्कृष्ट गोल किपरमा सिम ब्वाईज कै छिरिङ लामा रहेका रहेका थिए ।
















आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया