काठमाडौं र ललितपुरका यी स्थानमा आज विद्युत अवरूद्ध हुने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा शनिबार दुईदेखि ८ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ।
महाराजगन्ज वितरण केन्द्र, रत्नपार्क वितरण केन्द्र र लगनखेल वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत विद्युत् वितरण भइरहेका स्थानहरूमा आज केही घन्टा अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । का अनुसार छ।
प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको नयाँबजार फिडरअन्तर्गत पर्ने बिष्णुमती नदी पुर्व नयांबजार बाट सोह्रखुटे ओरालो हुदैं म्हेपि मन्दिर पुर्व भाग मनाङ्गे गेट, भ्याली कोल्ड स्टोर वखतीपोखरी, ईन्द्रायणी मन्दिर सम्मका क्षेत्रमा बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने छ।
ती ठाउँहरुमा बाटोको बीचमा रहेको पोल हटाउनका लागि फिडर सटडाउनमा राख्नुपरेको प्राधिकरणले जानकारी दिएको छ।
यस्तै महाराजगन्ज वितरण केन्द्रको धापासी फिडर अन्तर्गत पर्ने बसुन्धारा, टोखारोड, बानियाटार, ग्राण्डि वरिपरि एरियामा प्रिभेन्टिभ मेन्टिनेन्स कार्यका लागि ती स्थानहरूमा बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म विद्युत सेवा अवरूद्ध हुने छ।
महाराजगन्ज वितरण केन्द्रकै खानेपानी फिडर अन्तर्गत पर्ने गोंगबु, गणेशस्थान, बानियाटार, भण्डारी गाउँ, जाल्पा चोक, धनेश्वर, भत्केको पुल, सांग्लालगायतका क्षेत्रमा पनि दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरूद्ध हुनेछ।
ती ठाउँमा पनि प्रिभेन्टिभ मेन्टिटेन्सको काम गर्न फिडर सटडाउन गर्नुपरेको प्राधिकरणले जनाएको छ।
लगनखेल वितरण केन्द्रको खुमलटार फिडर र रिङरोड फिडर अन्तर्गत पर्ने चापागाउँ दोबाटो, ढोलाहिटी, साङपाङ चोक, सुनाकोठी, ठेचोलगायतका क्षेत्रमा मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरूद्ध हुनेछ।
त्यहाँ बुस कटिङको काम गर्नुपर्ने भएकाले फिडर सट डाउनमा राखिने जनाइएको छ।
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया