आज २०८१ साल कात्तिक ११ गते आइतबारको राशिफल

काठमाडौं ।आज २०८१ साल कात्तिक ११ गते आइबार तदनुसार सन् २०२४ अक्टुबर २७ तारिख। कात्तिक कृष्ण पक्षको दशमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।
यस्तो छ तपाईंको राशिफल :
मेष : दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
वृष : आज आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्नेछ ।
मीथुन : लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्ति हात पर्न सक्छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कर्कट : आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक र कृषिको काममा बढी सफलता मिल्नेछ । बढी परिश्रम गर्दा बढी धनार्जन हुनेछ ।
सिंह : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । दैनिक कार्यमा सफलता नै मिल्नेछ ।
कन्या : लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
तुला :आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । धार्मिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।
वृश्चिक : आज शुभकार्यको चर्चा चल्नेछ । आफन्तसँग भेटघाट हुनेछ । वशिष्ठ व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा पनि रहला ।
धनु : दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
मकर : आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।
कुम्भ : आज नयाँ तथा शुभकार्यको चर्चा र योजना बन्नेछ । स्वास्थ्य समस्यामा सुधार आउनेछ । आर्थिक कारोबार विस्तारै सुधार उन्मुख हुनेछ ।
मिन : आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तले गरेको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।
















ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया