रियल म्याड्रिडमाथि बार्सिलोनाको चार गोल : १७ वर्षीय यमालले बनाए रेकर्ड

काठमाडौं । स्पेनिस ला लागिको शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडमाथि ४-० को शानदार जित हात पारेको छ। यो जितसँगै बार्सिलोनाले चिर परिचित प्रतिद्वन्द्वी रियलमाथि ६ अङ्कको अग्रता कायम गरेको छ।
शीर्ष स्थानको बार्सिलोनाको ११ खेलमा ३१ तथा समान खेल खेलेको रियलको २४ अङ्क छ। भिल्लारियलको २१ अङ्क छ।बार्सिलोनाको जितमा रोबर्ट लेडवास्कीले दुई गोल गरे। रियल आफ्नो अपराजित लिग खेलको यात्रा ४३ औँ खेलसम्म लम्ब्याउने प्रयासमा थियो। यस खेलमा नहारेको भए बार्सिलोनाले सन् २०१७ को अप्रिलदेखि सन् २०१८ को मेसम्म कायम गरेको कीर्तिमानसँग बराबरी गर्ने थियो।
पहिलो हाफ बराबरीमा सकिएको सो खेलमा दोस्रो हाफमा भने बार्सिलोनाले रियललाई तहसनहस पारेको थियो। ५४ औँ मिनेटमा मार्क कासाडोको थ्रो पासमा लेडवास्कीले पहिलो गोल गरेका थिए। त्यसको दुई मिनेटपछि नै उनले अलेजान्द्रो बाल्डेको क्रसमा हेड मार्फत गोल गरे।१७ वर्षीय लामिन यमालले ७७ औँ मिनेटमा गोल गरे। उनी एल क्लासिकोमा गोल गर्ने सबै भन्दा कान्छो खेलाडी समेत बने। ब्राजिलियन स्टार राफिन्हाले ८४ औँ मिनेटमा गोल गरे।
शनिबार राति भएको खेलमा भिल्लारियलले रियल भालाडोलिडलाई २-१ ले, लास पल्मासले गिरोनालाई १-० ले तथा रायो भल्काननोले डेपोर्टिभो अल्भासलाई १-० ले हराएका छन्।
















सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलकाे नेता बनाउने
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया