साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै बंगलादेश लगातार दोस्रोपटक फाइनलमा
मेरोन्यूज
२०८१ कार्तिक ११ गते १६:४६

काठमाडौं। बंगलादेशले भुटानलाई हराउँदै लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा भुटानविरुद्ध बंगलादेशले ७–१ को सहज जित निकालेको हो ।
बंगलादेशको जितमा तोहुराले ह्याट्रिक गर्दा कप्तान सविना खातुनले दुई गोल थपिन् । रितु पोर्ना चक्मा र सिउलियाजमले एक/एक गोल गरे ।
यता भुटानकी देकी ल्हाजोमले एक गोल फर्काइन् ।
बंगलादेशले सातौँ मिनेटमा रितुको गोलबाट अग्रता बनाएको थियो । बंगलादेश पहिलो हाफमा ५–१ ले अगाडि थियो । बंगलादेशले दोस्रो हाफमा दुई गोल थप्यो ।
अब उपाधिका लागि बंगलादेशले भारत र नेपालबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल पनि आजै साँझ ६ः३० बजेदेखि दशरथ रंगशालामा हुने छ ।



सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया