दैवी प्रकोप उद्दार कोषमा नेपाल टेलिकमको एक करोड २ लाख हस्तान्तरण
मेरोन्यूज
२०८१ कार्तिक १३ गते १९:१५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर संचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सो संस्थाका कर्मचारीहरुबाट जम्मा गरिएको रकम हस्तान्तरणका क्रममा आज सिंहदरबारमा प्रधानमन्त्री ओलीले टेलिकम राष्ट्रको सम्पत्ति भएकोले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिएका हुन् । उनले उपकरण र प्रविधिका लागि कुनै सहयोग परेमा सरकारले गर्ने विश्वास दिँदै प्रतिस्पर्धी भावनाका संस्थाको साख माथि उठाउन आग्रह गरे ।
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र सचिव राधिका अर्यालसमेत सहभागी सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले कर्मचारीबाट जम्मा गरिएको रु एक करोड २ लाख ७० हजार रकमको विवरणपत्र हस्तान्तरण गरेका छन् ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया