देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
यस्तै, कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश लगायात बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज सूर्योदय बिहान ६ बजेर १३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २१ मिनेटमा हुनेछ ।
















एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत
सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रतिक्रिया