नेपाल संवत्लाई प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आग्रह

काठमाडौँ । नेपाल संवत् ११४५ मूल समारोह समितिले नेपाल संवत्को मौलिकता एवं महत्वलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आह्वान गरेको छ ।प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने नेपाल संवत्लाई प्रचारप्रसारलगायत कार्य गर्न समितिले विदेशस्थित नियोगलाई आग्रह गरेको हो ।
समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ९३७ सालमा गरिब जनताको ऋणमोचन गराई प्रचलनमा ल्याएको नेपाल संवत्को मौलिकता एवं महत्वलाई संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न सबै नियोगलाई अनुरोध गरिएको जानकारी दिए। उनले नेवार समुदायले देशभर विविध कार्यक्रम गरी नयाँ वर्षका रूपमा मनाउने संवत् नेपालबाट सुरु भएकाले प्रयोगलाई व्यापक रूपमा विस्तार गर्नुपर्नेमा जोड दिए।
समितिले यही कत्तिक १७ गते वसन्तपुरमा आयोजना गर्ने मूल समारोहमा सहभागी हुन मातहतका सम्बन्धित सङ्घसंस्थालाई आफ्नो स्थानबाट परम्परागत बाजा, झाँकी र सांस्कृतिक पहिरनसहित मूल समारोहमा सहभागी हुन निर्देशन दिएको छ । उक्त समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।
विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो भने २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यताको घोषणा गरेको थियो । समितिद्वारा अन्तक्र्रिया, गोष्ठी, शुभकामना आदानप्रदानलगायत कार्य गरिएको छ ।
















खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरूले नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
अष्ट्रेलिया र सिङ्गापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत
नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’
यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा
बाँकेमा रु तीन करोडभन्दा बढी जरिवाना असुल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया