पश्चिमी मेक्सिकोमा पत्रकारको गोली हानी हत्या

काठमाडौँ । पश्चिमी मेक्सिकोमा मङ्गलबार राति एक पत्रकारको गोली हानी हत्या गरिएको स्थानीय अभियोजकको कार्यालयले जानकारी गराएको छ ।
स्थानीय रेडियो स्टेसन ‘ला पोडेरोसा उरुपान’का सञ्चालक साथै ‘मिनुटो एक्स मिनुटो आउटलेट’मा पनि समाचार प्रकाशित गर्नुहुने मौरिसियो क्रुज सोलिसको उरुपान सहरमा गोली हानी हत्या गरिएको हो । आक्रमणमा अर्का एक जना घाइते भएको अभियोजकको कार्यालयले जनाएको छ ।
क्रुज सोलिस कार्यरत रेडियो स्टेसनले सामाजिक सञ्जालमार्फत उनको हत्यामा शोक व्यक्त गरेको छ ।
“मौरिसियो एक सहकर्मी भन्दा माथि हुनुहुन्थ्यो , उहाँ एक असल मित्र, प्रेरणाको स्रोत हुनुहुन्थ्यो”, रेडियोले जनाएको छ ।
लागुऔषध तस्करीसँग सम्बन्धित हिंसाले ग्रस्त मेक्सिको पत्रकारहरूका लागि विश्वको सबैभन्दा खतरनाक देशमध्ये एक हो ।
सन् १९९४ देखि मेक्सिकोमा १५० भन्दा बढी पत्रकार मारिएको ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ले जनाएको छ ।
क्रुज सोलिसको हत्या अक्टोबर १ मा पदभार ग्रहण गर्नुभएको क्लाउडिया सेनबामको नेतृत्वमा रहेको सरकार गठनपछि पत्रकारको हत्या भएको यो पहिलो घटना हो ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया