युवा परिषद्को एक दिने नमुना कार्यकारी उपाध्यक्ष बनिन् बर्दियाकी दिपशिखा

काठमाडौं । अन्तर्राष्ट्रिय बालिका दिवस मनाउने सन्दर्भमा बर्दियाकी दिपशिखा थारु एक दिनका लागि गल्स टेक ओभर कार्यक्रम अन्तरगत राष्ट्रिय युवा परिसद्को नमूना कार्यकारी उपाध्यक्ष बनीन् ।
परिषद्को सभाहलमा मंगलबार आयोजित नेतृत्व हस्तान्तरण सभामा राष्ट्रिय युवा परिसद्को कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले दिपशिखालाई एकदिनका लागि कार्यकारी उपाध्यक्ष पद हस्तान्तरण गरेका हुन् ।
सोही अवसरमा दीपशिखाले हस्तान्तरण गरेको घोषणापत्र गम्भिरतापूर्वक लिएको कार्यकारी उपाध्यक्ष बस्नेतले बताएका छन् । उनले संविधानमा बालिकाहरुको अधिकारका बिषय समेटिएको भएपनि व्यवहारमा कार्यान्वयन नभएको बताए । तिनै तहको सरकारले आ आफ्नो ठाउँबाट किशोरीका बिषयमा ध्यान दिँदै विभेदको अन्त्य गर्न सरकारको ध्यान पुग्छ भन्ने विश्वास ब्यक्त गरे।
सोही अवसरमा एकदिने नमूना कार्यकारी उपाध्यक्ष दिपशिखा थारुले खेलकुदका क्षेत्रमा कम बजेट भएको आफुले अध्ययनका क्रममा पाएको बताइन् । उनले प्रतिस्पर्धामा भाग लिँदा बालबिवाह कसरी रोक्ने, महिनावारी हुँदा कसरी सुरक्षा अपनाउँने, के गर्न हुन्छ, के गर्न हुँन्न, पोषिलो खानेकुरा किन आवश्यक पर्छ भन्ने सिकेको बताइन् ।
यसैगरी बर्दियाकै सिमा चौधरी ब्रिटीस एम्बेसीका लागि परिषद्बाट एक दिनको उपाध्यक्ष बनेकी छन् । उनी ब्रिटिस एम्बेसीमा गएर किशोरी लक्षित खेलकुदका बारेमा बुझ्न पाएकोमा खुशी व्यक्त गरिन । उनले भनिन्— यति ठूला निकायमा आउँने अवसर जुटाई हाम्रा कुरा सुनिदिएकोमा युवा परिषद् लगायतका सम्पूण निकायप्रति खुशी छौ । परिषद्ले किशोरीहरुका लागि राम्रो काम गरेकोछ ।
प्लान इन्टरनेशनलका क्याम्पेन एडमिनिस्टे«ट लक्ष्मी चौधरीले क्षमताको कदर गर्दै सहभागीका रुपमा ल्याएको जानकारी दिइन् । अवसर पाएकै कारण धेरै राम्रो सिकाई भएकोछ ।
चौधरीका अनुसार सन् २०२४ प्लान इन्टरनेशनलले ५ जिल्लाका २२ जना किशोरीहरु आएर भाग लिएका छन् । यो टेकओभरसँगै खेदकुद मन्त्री समक्ष उनीहरु पुगेर भाग लिए र आफ्ना कुरा राखेका छन् ।
उनले अक्टुबर ११ अन्तर्राष्ट्रिय बालिका दिवस पर्छ त्यसदिनदेखि गल्र्स स्टेक ओभर भन्ने अभियान संचालन गर्नेगरेको बताइन् ।
“ जसमा किशोरीहरुले एकदिनको लागि नेतृत्वदायी भूमिका निर्वाह गरेर त्यो पोजिसनमा कसरी पुग्छौ, नीति नियम, के काम गर्छौ, जिम्मेवारी के हो भन्ने बारेमा आफुनै त्यो पदमा बसेर अनुभव गर्छन् । यो अभियान प्लान इन्टरनेशनलले विश्व व्यापी रुपमा गर्ने गर्छ”, उनले भनिन् ।

















वीरगञ्ज नाका हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात
मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
National ID card or passport will also be valid for voting: EC
कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
Two youths arrested for looting attempt in Rautahat
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया