सोमबार, वैशाख १४, २०८३

तेक्वान्दो टोली उज्वेकिस्तान प्रस्थान

मेरोन्यूज २०८१ कार्तिक १६ गते २०:३२

काठमाडौं। आईटीएफ तेक्वान्दो विश्वकप–२०२४ मा सहभागी हुन नेपाली टोली आज उज्वेकिस्तान प्रस्थान गरेको छ।

Advertisement
NiccNicc

आजदेखि यही कात्तिक २३ गतेसम्म हुने उक्त प्रतियोगिताको पुरुष ५८ किलोमुनि तौलमा सुरेन्द्र अदै तथा ५२ किलोमुनि तौलमा खगेन्द्र घर्ती मगरले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने छन्।

यस्तै महिला ५७ किलोमुनि तौलमा नविना विश्वकर्मा र ५२ किलोमुनि तौलमा वसन्ती डाँगीले प्रतिस्पर्धा गर्नेछन्। टोली प्रमुखमा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापा मगर र प्रशिक्षकमा होमबहादुर सुनार रहेका छन्। महासचिव मगरसहित विक्रम बाठा मगरले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन्।

टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आज एक कार्यक्रमबीच बिदाइ गरे।

प्रतिक्रिया