तेक्वान्दो टोली उज्वेकिस्तान प्रस्थान
मेरोन्यूज
२०८१ कार्तिक १६ गते २०:३२

काठमाडौं। आईटीएफ तेक्वान्दो विश्वकप–२०२४ मा सहभागी हुन नेपाली टोली आज उज्वेकिस्तान प्रस्थान गरेको छ।
आजदेखि यही कात्तिक २३ गतेसम्म हुने उक्त प्रतियोगिताको पुरुष ५८ किलोमुनि तौलमा सुरेन्द्र अदै तथा ५२ किलोमुनि तौलमा खगेन्द्र घर्ती मगरले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने छन्।
यस्तै महिला ५७ किलोमुनि तौलमा नविना विश्वकर्मा र ५२ किलोमुनि तौलमा वसन्ती डाँगीले प्रतिस्पर्धा गर्नेछन्। टोली प्रमुखमा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापा मगर र प्रशिक्षकमा होमबहादुर सुनार रहेका छन्। महासचिव मगरसहित विक्रम बाठा मगरले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन्।
टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आज एक कार्यक्रमबीच बिदाइ गरे।
सम्बन्धित













बाँकेको नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ
साेमबार दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार कति ?
मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया