मुख्यमन्त्री कार्कीद्वारा बहिनीहरूबाट टीका ग्रहण
मेरोन्यूज
२०८१ कार्तिक १८ गते १३:५०

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुभ साइतमा बहिनीहरूबाट भाइटीका लगाएका छन् ।
झापाको गौरदह–३ स्थित निजी निवासमा बहिनी सुशीला कार्की र पार्वता थापाको हातबाट दाजु दीपक कार्कीसँगै उनले टीका लगाएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुँइटेलले जानकारी दिए ।
मुख्यमन्त्री कार्कीका पाँचजना दिदीबहिनी छन् । टीका लगाएसँगै उनले नेपालीहरुको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताए । कार्की नेपालीहरूको संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।
सम्बन्धित










TU’s 51st Convocation: 16,380 students awarded with degrees
Former Home Minister Lekhak to record statement before commission
ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया