प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा

बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थाना भर्याङमा निर्माणाधीन प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा पुगेको छ । गौरवका आयोजनाका रूपमा बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन सो कृषि थोकबजारको करिब ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
कुल रु. ३० करोड ८७ लाख ६२ हजार सात सय ८७ को लागतमा निर्माणाधीन सो हाटबजार कार्यविधि बनाएर सञ्चालन गर्ने तयारी भएको प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले जानकारी दिए ।
अनक-माउन्टेन जेभी काठमाडौँले ठेक्का पाएको सो हाटबजारको निर्माण कार्य अन्तिम चरणमा पुगेर हस्तान्तरणको तयारीमा रहेको सचिव भट्टराईले बताए । किसानले श्रमको उचित मूल्य पाउने र बिचौलियाको समस्या समाधान हुने विश्वासका साथ हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा बागमती प्रदेश सरकारले निर्माण गर्न लागेको सो कृषि हाटबजारको निर्माण कार्य गत २०७८ साल जेठ ९ गतेदेखि सुरु भएको थियो ।
निर्माण कम्पनीले यही २०८१ जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि समय अपुग भएको भन्दै सात महिना थप गरी यही मङ्सिर ८ गतेसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।
प्रदेश सरकारको ७०-३० को लगानी मोडल अनुसार हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा दुई बिघा चार धुर क्षेत्रफल जग्गामा निर्माणाधीन सो कृषि हाटबजारमा होलसेल मार्केट, रिटेलस मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेज लगायतका सरंचना रहेको प्रदेश सरकारको कृषि विकास निर्देशनालयका सब इन्जिनियर मोदनाथ तिम्लिसिनाले जानकारी दिए ।
अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरिएको सो हाटबजारको थोक बजारमा ४० सटर र सिटेलस मार्केटमा २३ सटर रहेको जनाएको छ । एउटै भवनमा दुई वटासम्म लिफ्ट रहेको सो भवनको माथिल्लो तलामा पनि सटर छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया