नेपाल र स्कटल्यान्ड भिड्दै, करण र भीमले खेल गुमाउने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दै छ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार राति १०ः१५ बजेदेखि सुरु हुने छ ।
नेपाल दोस्रो जितको खोजीमा छ ।
यही शृंखलाको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । त्यसैगरी अमेरिकासँग भने नेपाल तीन विकेट र ३७ रनले पराजित भएको थियो ।
यता स्कटल्यान्ड तेस्रो जित दर्ता गराउने उद्देश्यका साथ मैदानमा उत्रिँदै छ । स्कटल्यान्डले अमेरिकाविरुद्ध १० विकेट र ७१ रनको जित निकालेको थियो ।
आजको स्कटल्यान्डविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले नखेल्ने भएका छन् । दुवै जना खेलाडीलाई चोट लागेका कारण स्कटल्यान्डविरुद्धको खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ ।
क्यानको अनुसार उनीहरूको स्थानमा ब्याटर देव खनाल र तीव्र गतिका बलर सागर ढकाललाई टोलीमा समेटिएको छ । लिग–२ मा नेपाल ११ खेलमा पाँच अंकका साथ अंक तालिकाको सातौँ स्थानमा छ । त्यस्तै, स्कटल्यान्ड १० खेलबाट १३ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ ।













रास्वपाकाे समानुपातिक सूचीमा कलाकारदेखि क्रिकेटरसम्म (सूची)
राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
चितवनमा थपिए ३४ मतदान केन्द्र
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया