काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न

काठमाडौँ । बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनः निर्माण सम्पन्न भएको छ । गत असोज १२ गते माइखोलाको बाढीले काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको माई नगरपालिका-१ र ७ स्थित धोद्रेबेँसीमा चार वटा टावरमा क्षति पुर्याएको थियो ।
नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्त रूपमा पुनः निर्माण गरी सोमबार दिउँसो ४ः३० बाट प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् । काम सुरु गरेको १९ दिनमा सम्पन्न गरिएको निजी क्षेत्रका तर्फबाट पुनः निर्माणमा खटिएका ऊर्जा उद्यमी मोहन कार्कीले जानकारी दिए ।
प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलामका आयोजनाले विद्युत् उत्पादन सुरु गरेका छन् । प्राधिकरण र निजी क्षेत्रले संयुक्त रूपमा पुनः निर्माण सुरु गरेका थिए । प्राधिकरणले प्रसारण लाइनका पाट पुर्जा लगायतका सामग्री उपलब्ध गराएको थियो । निजी क्षेत्रका जलविद्युत् आयोजनाले श्रम लागतलगायतका खर्च बेहोरेको जनाएका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएको थियो ।
काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको गोदकबाट झापाको दमक खण्डको धोद्रेबेँसीमा ५०, ५१,५२ र ५३ नम्बर टावरलाई बाढीले क्षति पुर्याएको थियो । चार वटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाईपूर्ण रूपमा क्षति पुर्याएको थियो । त्यहाँ नयाँ टावर बनाइएको हो । आंशिक क्षति पुगेका ५० र ५३ नम्बरका टावर मर्मत गरिएको हो ।










झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल
इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ
खण्डहरजस्तो भएको मुद्रण केन्द्रको धुलो टकटक्याएर छपाइ सुरु गरेका छौँ : सञ्चारमन्त्री खरेल
औषधि र मेडिकल सामग्री खरिद गर्दा अनिवार्य बोलपत्र आह्वान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
आज कात्तिक २० गते बिहिवार,कस्ताे रहला तपाइकाे दिन ?
कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै
प्रतिक्रिया