भ्लगर रतन कार्कीले मागे माफी: ‘मार्छु भन्ने शब्द मैले बोल्न पुगेछु त्यसको लागि सबैसँग क्षमा चाहन्छु’

काठमाडौँ । प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएका भ्लगर रतन कार्कीले माफी मागेका छन् । मंगलबार साँझ एउटा भिडियो सन्देश मार्फत उनले भनेका छन्, ‘त्यो शब्दको लागि म माफी चाहन्छु ।’
साफ वुमन्स च्याम्पियन्सिप अन्तर्गत कार्तिक १४ मा दशरथ रंगशालामा भएको फाइनल खेलमा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर उनले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएको आरोप लागेको छ । सो अभिव्यक्तिपछि प्रहरीले उनीमाथि अनुसन्धान गरिहरेको छ ।
उनले भने
प्रहरीले पक्राउ गर्ने प्रक्रिया सुरु गरेपछि उनले आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्दै भनेका छन्, ‘खेल दौरानमा गेम हारिन्छ जस्तो भएर मार्छु भन्ने शब्द बोल्न पुगेँ । तात्पर्य गलत हो तर, मेरो कमेडी थियो । त्यो शब्द मैले तत्काल हटाएँ । त्यहाँ (मैदानमा) फ्रस्टेशन देखेर त्यस्तो बोलेँ । कसैलाई व्यक्तिगत रूपमा मैले भनेको होइन ।’











ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर
विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया