उत्तर कोरियाली सैनिकहरू रूसमा युक्रेनी फौजको आक्रमणमा परेको अधिकारीको भनाइ
मेरोन्यूज
२०८१ कार्तिक २० गते २१:५७

काठमाडौं । उत्तर कोरियाली सैनिकहरू रूसमा युक्रेनी फौजको आक्रमणमा परेको अधिकारीको भनाइ
रूसलाई युक्रेनसँगको युद्धमा सहयोग गर्न हालै तैनाथ गरिएका उत्तर कोरियाली सैनिकहरू युक्रेनी आक्रमणमा परेको किएभका एक अधिकारीले मङ्गलबार बताएका छन् ।
कुनै युक्रेनी अधिकारीले प्योङयाङका एकाइहरूमाथि आक्रमण भएको बताएको यो पहिलो पटक हो । यो तैनाथीले युद्धको एक हजार दिनको माइलस्टोन नजिकिँदै गर्दा युद्धलाई नयाँ स्वरूप दिएको छ ।
“पहिलो उत्तर कोरियाली सैनिकहरूमाथि कुर्स्क क्षेत्रमा गोलाबारी गरिएको छ”, युक्रेनको सुरक्षा परिषद्को दुष्प्रचार विरोधी शाखाका प्रमुख आन्द्री कोभालेन्कोले टेलिग्राममा लेखे । उनले थप विवरण दिएनन ।
उत्तर कोरियाली सैनिकहरूलाई रूसको कुर्स्क सीमा क्षेत्रमा पठाइने पश्चिमी सरकारहरूले अपेक्षा गरेका थिए । त्यहाँ युक्रेनी सेनाको तीन महिने घुसपैठ दोस्रो विश्वयुद्धपछि रूसी भूमिको पहिलो कब्जा हो र यसले क्रेमलिनलाई लज्जित बनाएको छ ।
अमेरिकी, दक्षिण कोरियाली र युक्रेनी गुप्तचर मूल्याङ्कनका अनुसार मस्कोसँगको सम्झौताअन्तर्गत प्योङयाङले १२ हजारसम्म उत्तर कोरियाली लडाकू सैनिक युद्धमा पठाउँदैछ ।
लडाइँको गुणस्तर र युद्ध अनुभव अज्ञात रहेका उत्तर कोरियाली सैनिकहरू युद्धक्षेत्रमा युक्रेनको बिग्रँदो स्थितिमा थप भइरहेका छन् ।
युक्रेनी सुरक्षा विशेषगरी पूर्वी डोनेट्स्क क्षेत्रमा रूसको महँगो तर निरन्तर महिनौँ लामो आक्रमणको दबाबमा भत्किँदै छ ।
रूसी अग्रगमन हालै तीव्र भएको छ । उसलाई डोनेट्स्कका केही भागहरूमा नौ किलोमिटरसम्मको युद्धक्षेत्र लाभ भएको बेलायती रक्षा मन्त्रालयले मङ्गलबार सामाजिक प्लेटफर्म एक्समा बताएको छ ।
रूससँग उच्च सैन्य सङ्ख्या रहेको र भारी क्षति भए पनि क्रेमलिनको भर्ती अभियानले दबाब कायम राख्न पर्याप्त नयाँ सैनिकहरू प्रदान गरिरहेको मन्त्रालयले बताएको छ ।
रूसले पछिल्लो एक वर्षदेखि युक्रेनमा युद्धक्षेत्रको पहल कायम राखेको छ । पश्चिमी सैन्य सहयोग देशमा आइपुग्न धेरै समय लागेको युक्रेनी अधिकारीहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।
अक्टोबरको सुरुमा रूसी फौजले पूर्वी युक्रेनमा सामरिक रूपले महत्त्वपूर्ण पहाडमाथि रहेको भुह्लेदार शहरबाट युक्रेनी सैनिकहरूलाई लखेटेका थिए ।
यो पूर्वमा युक्रेनी सुरक्षाको एक प्रमुख हिस्सा थियो । रूसको अर्को लक्ष्य सम्भवतः प्रमुख रसद केन्द्र पोक्रोभ्स्क र रणनीतिक रूपले महत्त्त्वपूर्ण चासिभ यार शहर रहेका छन् ।
यसैबीच अधिकारीहरूका अनुसार रूसले युक्रेनका नागरिक क्षेत्रहरूमा लामो दूरीको हवाई आक्रमण जारी राखेको छ ।
दक्षिणी शहर जापोरिझ्झियामा मङ्गलबार बिहान भएको आक्रमणमा छ जनाको मृत्यु भएको र १६ जना घाइते भएको क्षेत्रीय गभर्नर इभान फेडोरोभले बताए ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया