विश्वकपको एशिया छनोटमा नेपालसँग थाइल्यान्ड ६७ रनले पराजित

काठमाडौँ । आईसीसी महिला यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगतामा सुखद शुरूआत गरेको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) को द सेभेन क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद शुरूआत गरेको हो। नेपालले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो। थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि रचनाकुमारी चौधरी एक्लैले चार विकेट लिइन् भने कप्तान पूजा महतो र रिया शर्माले समान दुई/दुई विकेट लिए। त्यसैगरी करिश्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान एक/एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो। नेपालका लागि पूजा महतोले सर्वाधिक ३५ रनको योगदान दिइन्। उनले ४० बलमा तीन चौका र एक छक्काको मद्दतले ३५ रन जोडेकी हुन्। यसैगरी सीमाना केसी र सोनी पाख्रिनले समान १९/१९ रन बनाए। थाइल्यान्डका लागि चारुकन साइमाले दुई तथा सुनिसा बोङ्कोडफोंगम्पाईले एक विकेट लिइन्।
यही कात्तिक २९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ। नेपालले भोलि आफ्नो दोस्रो खेल कुवेतसँग खेल्नेछ। विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ।
















जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया