ठगीको अभियोगमा दुईजना पक्राउ
मेरोन्यूज
२०८१ कार्तिक २५ गते ७:४९

काठमाडौं। वैदेशिक रोजगारीमा लगाइदिने बहानामा ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–४ का सञ्जीव् गुरुङ र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली रहेका छन् ।
अभियुक्त गुरुङले दुबई पठाइदिन्छ भन्दै तीनजनाबाट १९ लाख ७० हजार र पराजुलीले क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भन्दै ८ लाख १७ हजार रुपैयाँ ठगी गरेको प्रकरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
सम्बन्धित










शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
रवि लामिछाने आज नछुट्ने
प्रतिक्रिया