आज कात्तिक २६ गते सोमबारको राशिफल, कस्तो रहला तपाईंको दिन ?

काठमाडौं । आज २०८१ साल कात्तिक २६ गते सोमबार तदनुसार सन् २०२४ नोभेम्बर ११ तारिख। कात्तिक शुक्ल पक्षको दशमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : नयाँ व्यबसाय वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
वृष : आज वरपरका इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेमी र प्रेमिकाको सहयोग मिल्नेछ ।
मिथुन : आज नयाँ र मङ्गल कार्यको योजना बन्नेछ । राज्य र समाजबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।
कर्कट : आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबार र नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
सिंह : कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरको सामान्य मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।
कन्या : मानसिक चिन्ता बढेपनि श्रमको उचित मल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । रोकिएका काम भने यथावत् नै रहनेछ ।
तुला : आज राज्यबाट सहयोग पाइनेछ । प्रेम सम्बन्ध कसिलो हुँदै जानेछ । सेयरबजार र कृषि कारोबारमा अधिक सफलता मिल्नेछ ।
वृश्चिक : सामान हराउने वा चोरी हुने भय छ । टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
धनु : आज सेवामूलक काम गरेर मानसम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुनेछ । वैदेशिक कारोबारमा अधिक सफलता मिल्नेछ । सफल यात्रा पनि हुनेछ ।
मकर : आज कुनै कुराले मनमा शान्ति छाउनेछ । चिताएको र गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
कुम्भ : प्रतिष्ठा कमाउने बेला छ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ ।
मीन : आज सानातिना बाधाअड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया