कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु, ४ जना पक्राउ
मेरोन्यूज
२०८१ कार्तिक २६ गते १३:४८

कैलाली । कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
गौरीगंगा नगरपालिका-११ कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको कुटपिटबाट मृत्यु भएको हो ।
प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६५ वर्षीय जंगे भुल, १८ वर्षीय किशोर, २३ वर्षीय बिशाल विक र ३० वर्षीय धर्म विक रहेका छन् ।
बाख्रा चोरी गरेको निहुँमा उनीहरुले भुललाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएको भुलको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित










शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया