लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ

भरतपुर (चितवन) । चितवन राष्ट्रिय निकुञ्ज सँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ कार्यक्रम गरिएको छ।
राप्ती नदी तटीय सरसफाइ अभियानको आयोजना, सहमति नेपाल र डब्लु डब्लु एफको सहयोगमा आइतबार भरतपुर महानगरपालिका २२ स्थित पटिहानीबाट भरतपुर महानगरको अन्तिम विन्दु गोलाघाटसम्मको नदी किनार सरसफाइ गरिएको हो।
नदी किनारमा मानवीय क्रियाकलाप बढ्दै गएपछि सचेतना जनाउने उद्देश्यले सरसफाइ कार्यक्रमको आयोजना गरिएको राप्ती सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिए। करिब ३० किलोमिटरको दुरीमा गरिएको सरसफाइमा २ हजार ८ सय केजी फोहोर संकलन गरिएको उनले बताए। सो क्रममा सिसा, प्लाष्टिक, कपडा, बोटल, धातु लगायतका २७ प्रकारका फोहोर भेटिएको उनले बताए।
चितवनमा राप्ती नदी तटीय सरसफाइ अभियान २०७२ सालमा गठन भएको थियो। त्यसयता यस संस्थाले नदी क्षेत्रबाट २५ हजार मेक्टिक टन फोहोर संकलन गरेर व्यवस्थापन गरेको उनले जानकारी दिए। यस फोहोर संकलन गर्न २१ हजार स्वयंसेवक खटिएको समेत उनले बताए।
राष्ट्रिय निकुञ्जसंग जोडिएर बग्ने यस नदी क्षेत्रमा लोपोन्मुख वन्यजन्तु, जलचर समेत पाइन्छन्। तर, मानवीय क्रियाकलापका कारण उनीहरुलाई असर समेत परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा.गणेश पन्तले जानकारी दिए। ‘यहाँ घडियाल गोही जालमा परेको पाइएको छ, मृगहरूले प्लाष्टिक खाएको देखिन्छ, गैँडा लगायतका जनावरका खुट्टामा सिसा गाडिएको देखेका छौँ’, उनले भने ‘प्लाष्टिक तथा सिसा जन्य फोहोरका कारण वनसपतिहरुलाई समेत असर पर्ने देखिन्छ।’
राप्ती नदीलाई संरक्षण गर्न मानवीय व्यवहारमा परिवर्तन सँगै कानुन निर्माण गर्नुपर्ने बताए। ‘एउटा पक्षले फोहोर गर्दै जाने र अर्को पक्षले सफा गर्दै जाने भन्ने हुँदैन’, उनले भने ‘नदी प्रणालीको स्वच्छता कायम राख्ने हो भने योजना बनाएर जानुको विकल्प छैन।’ नारायणी, राप्ती र रिऊको स्वच्छता कायम राख्न नसके चितवन राष्ट्रिय निकुञ्जको अस्तित्व नै धरापमा पर्ने भन्दै यसलाई संरक्षण गर्न सम्पूर्ण निकाय लाग्नुपर्ने बताए। बागमती सरसफाइ अभियान जस्तो नभई स्थानीय तह समेत यस कार्यमा प्रत्यक्ष जोडिन आवश्यक रहेको उनको भनाई छ।
नदी क्षेत्रमा औद्योगिक र घरायसी प्रयोजनका फोहोर फालिने गरिएको छ। नदी संरक्षणका लागि छुट्टै कानुनको आवश्यक समेत रहेको बागमती प्रदेश सांसद गीता गुरुङ बताउँछिन्। ‘राप्तीमा सबै किसिमका फोहोर देखियो। घाटमा दाहसंस्कार गरेपछि छाडिने भाँडाकुँडा फालिएका छन्’, उनले भनिन् ‘आफुले नियन्त्रण गर्न सक्ने यस्ता सामान्य कुरामा पनि हामीले ख्याल पु¥याएको अवस्था छैन।’ नदी क्षेत्रको संरक्षणको लागि कानुन निर्माणका लागि संसदमा आवाज उठाउने समेत उनले बताइन्।
सरसफाइ कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, विद्यार्थी लगायतको सहभागिता रहेको थियो।















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
कस्ताे रहला आज देशभरकाे मौसम पूर्वानुमान
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया