सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बीच टिम ओनर स्वतन्त्रप्रताप शाह, मार्की प्लेअर दीपेन्द्र सिंह ऐरी र सुदूरपश्चिमका ब्राण्ड एम्बासडर दीपक विष्टले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् ।
सुदूरपश्चिमको जर्सी पहेंलो रङको छ । जर्सी ड्रोनमार्फत पनि सार्वजनिक गरिएका थियाे। मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको नाम र नम्बर अंकित जर्सी ड्रोनमार्फत कार्यक्रम हलमा प्रवेश गराएर रिभेल गरिएको हो । कार्यक्रममा ऐरी जर्सी लगाएर समेत उपस्थित भएका थिए ।

यस्तै सुदूरपश्चिम रोयल्सले आफ्नाे एन्थम पनि सार्वजनिक गरेकाे छ । चक्र बम, टङ्क तिमिल्सिना, अनिता चलाउनेले गाएकाे एन्थम सार्वजनिक गरिएकाे हाे।
कार्यक्रममा सुदूरपश्चिमका मुख्य प्रशिक्षक राष्ट्रिय टिमका पूर्वप्रशिक्षक जगत टमाटा र ओनर स्वतन्त्र प्रताप शाहले यसवर्षको एनपीएल ट्रफी आफूहरुले उचाल्ने दावी गरे ।
क्यानको आयोजनामा एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।











आजकाे सुन चाँदीकाे मूल्य
ट्रम्प र जेलेन्स्कीबिच वार्ता : ९० प्रतिशत शान्ति योजनामा सहमति
जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया