सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बीच टिम ओनर स्वतन्त्रप्रताप शाह, मार्की प्लेअर दीपेन्द्र सिंह ऐरी र सुदूरपश्चिमका ब्राण्ड एम्बासडर दीपक विष्टले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् ।
सुदूरपश्चिमको जर्सी पहेंलो रङको छ । जर्सी ड्रोनमार्फत पनि सार्वजनिक गरिएका थियाे। मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको नाम र नम्बर अंकित जर्सी ड्रोनमार्फत कार्यक्रम हलमा प्रवेश गराएर रिभेल गरिएको हो । कार्यक्रममा ऐरी जर्सी लगाएर समेत उपस्थित भएका थिए ।

यस्तै सुदूरपश्चिम रोयल्सले आफ्नाे एन्थम पनि सार्वजनिक गरेकाे छ । चक्र बम, टङ्क तिमिल्सिना, अनिता चलाउनेले गाएकाे एन्थम सार्वजनिक गरिएकाे हाे।
कार्यक्रममा सुदूरपश्चिमका मुख्य प्रशिक्षक राष्ट्रिय टिमका पूर्वप्रशिक्षक जगत टमाटा र ओनर स्वतन्त्र प्रताप शाहले यसवर्षको एनपीएल ट्रफी आफूहरुले उचाल्ने दावी गरे ।
क्यानको आयोजनामा एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
















जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया