लगातार दुई दिन बढेको सेयर बजार आज घट्यो

काठमाडौं । सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ ।
आइतबार र साेमबारमा ८४.६८ अंकले बढेको नेप्से परिसूचक आज ११.२४ अंकले घटेर २,७४८ को विन्दुमा कायम भएको हो ।
मंगलबार ८० कम्पनीको मूल्य बढेको छ भने १५७ कम्पनीको मूल्य घटेको छ । आज ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । यसदिन कम्पनीको २९ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । वेष्ट फाइनान्सको २९ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गराँस लघुवित्त वित्तीय संस्था र मेच्छियाम हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ३६ प्रतिशतका दरले गुमाएका हुन् ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया