एउटै कारकाे ठक्करबाट चीनमा ३५ जनाको मृत्यु, ४३ घाइते

दक्षिणी चीनको झुहाई शहरमा सोमबार साँझ एउटा कारले पैदल यात्रुहरूलाई ठक्कर दिँदा ३५ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ ।
सोमबार नै यो घटनाको जानकारी दिइएको थियो । तर त्यस बेला प्रहरीले केही मानिसहरू घाइते भएको मात्र बताएका थिए भने सामाजिक सञ्जालबाट घटनाका भिडियोहरू हटाइएको देखिन्थ्यो ।
तर मङ्गलबार प्रहरीले झुहाई खेलकुद केन्द्रमा ‘गम्भीर र दुर्भावनापूर्ण आक्रमण’ भएको र मृतकको सङ्ख्या ३५ पुगेको खुलासा गरेको छ ।
फान उपनामले चिनिने ६२ वर्षीय चालकले ‘एउटा सानो एसयुभी गेटबाट भित्र चलाएर शहरको खेलकुद केन्द्रमा प्रवेश गरी खेलकुद केन्द्रको भित्री सडकमा व्यायाम गरिरहेका मानिसहरूलाई ठक्कर दिएको’ प्रहरीले विज्ञप्तिमा जनाएको छ ।
प्रहरीले फानलाई आफ्नो कारमा चक्कुले आफैँलाई काटिरहेको अवस्थामा फेला पारी ‘तत्काल रोकेर उपचारका लागि अस्पताल पठाएको’ थियो ।
उनी हाल घाँटी र शरीरका अन्य भागमा आफैँले गरेको चोटका कारण कोमामा छन् र ‘सोधपुछका लागि असक्षम’ रहेको प्रहरीले बताएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचारका लागि ‘सम्पूर्ण प्रयास’ गर्न आग्रह गर्नुभएको र ‘कानून बमोजिम अपराधीलाई दण्डित गर्न माग’ गर्नुभएको सरकारी सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
बेइजिङको नागरिक र सैन्य एयरोस्पेस क्षेत्र प्रदर्शन गर्ने चीनको सबैभन्दा ठूलो एयर शो यही शहरमा आयोजना भइरहेको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया