बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०८१ कार्तिक २८ गते १५:४३

काठमाडौँ । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी दिव्य श्रेष्ठ ललितपुरको जावलाखेलबाट पक्राउ परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका–९का ३७ वर्षीय श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले अघिल्लो असार ३ गते निजलाई बैंकिङ कसूर मुद्दामा दुई महिना कैद, बिगो रु दुई करोड ५० लाख जरिवाना र क्षतिपूर्तिबापत पीडित राहतकोषमा रु १० लाख जम्मा गराउने ठहर गरेको थियो । फैसलालगत्तै उनी फरार भएका थिए ।
प्रतिवादी श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
प्रतिक्रिया