बङ्गलादेशः आन्दोलनका क्रममा लुटिएका छ हजार बन्दुक बरामद

बङ्गलादेशकी पूर्व नेतृ शेख हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनपछि सुरक्षा व्यवस्था मजबुत बनाउन बङ्गलादेशको सेनाले दुई हजार ५०० जनालाई पक्राउ गरेको र छ हजार बन्दुक बरामद गरेको जनाएको छ ।
विद्यार्थी नेतृत्वको आन्दोलनको क्रममा भएको घातक हिंसा र व्यापक विरोध प्रदर्शन प्रधानमन्त्री कार्यालयतर्फ बढेपछि तत्कालिन प्रधानमन्त्री हसिना भागेर हेलिकप्टरमा भारत गएका थिए । उनले पदबाट राजिनामा दिएको पछि सेना प्रमुखले सार्वजनिक सम्बोधन गर्दै जानकारी गराएका थिए ।
आन्दोलन र त्यसपछिका प्रदर्शन हिंसात्मक र अराजकत भएका र उक्त क्रममा सुरक्षाकर्मीबाट हजारौँ हातहतियार लुटिएका थिए ।
सेप्टेम्बरको सुरुमा समाप्त भएको आममाफीको समयमा तीन हजार ७०० भन्दा बढी हतियारहरू फिर्ता गरिएको थियो भने त्यसपछि सुरक्षाकर्मीले हराएका बन्दुकहरू सङ्कलन गर्ने अभियान नै चलाएको थियो ।
कर्नेल इन्तेखाब हैदर खानले सञ्चारमाध्यमलाई बताएअनुसार अवैध रूपमा राखिएका छ हजार बन्दुक र दुई लाख राउन्ड गोली सङ्कलन गरिएको छ।
खानले भने, “हाम्रो खोजी अभियान अझपनि जारी छ ।”
हसिनापछि सत्ता सम्हालेको अन्तरिम सरकारले सशस्त्र बल (सेना)लाई न्यायिक अधिकार प्रदान गर्दै उनीहरूलाई प्रहरीजस्ता दैनिक प्रवर्तन गतिविधिमा संलग्न हुन अनुमति दिएको थियो।
खानले भने, “सेना फिर्ता गर्ने विषयमा सरकारका तर्फबाट कुनै निर्देशन आएको छैन ।”
सेनाले अगस्ट यता सैनिक हिरासतमा चार जनाको मृत्यु भएको भन्ने समाचारलाई अस्वीकार गर्दै सेनाले नियमको कडाइका साथ पालना गरिरहेको जनाएको छ ।
उनले भने, “कुनै गुनासो आएमा आवश्यक कारबाही गर्छौं ।”
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया