छाला नपाउँदा मादल बनाउन समस्या

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै थिए। मादल बनाउने उनको दैनिकी नै हो।
६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो पेसा सुरु गरेका हुन्। बच्चादेखि नै बुबालाई सघाउँदै जाँदा उनले मादल बनाउन सिके।पुर्ख्यौली पेसालाई निरन्तरता दिन आफूले यो पेसालाई अवलम्बन गरेको सार्कीले बताए। तर केही समययता मादल बनाउन छाला नपाउँदा उनलाई समस्या हुन थालेको छ। ‘बाबुकै कारणले म यो पेसामा पनि छु, मसँगै सीप सिकेर छोराले खैरेनीटारमा मादल पसल खोलेको छ’, उनले भने, ‘अहिले छाला नपाउँदा मादल बनाउन समस्या हुन थालेको छ।’
नारायणगढ, कावासोती, पुट्टारलगायत ठाउँमा पुगेर छाला खोजेर ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए। शुक्लागण्डकी नगरपालिका–९ मा गौ संरक्षण केन्द्रमा मरेका गाइका छाला त्यत्तिकै फालिएका अवस्थामा रहेको र पैसा तिरेर छाला खरिद गर्न पाए सहज हुने उनले बताए।
उनले भने, ‘स्थानीयस्तरमा छाला फालिएको छ। नगरपालिकासँग आग्रह गरेको छु। निश्चित शुल्क तिरेर यही छाला किन्न पाए सजिलो हुन्थ्यो।’ उनले मादलसँगै सारङ्गी, खैजडी, झ्याली, दमाहा, ढोलकी, टेम्पोलगायत बाद्यवादनका सामग्री बनाउँदै आएका छन्। त्यसका अलवा आरन पेसालाई पनि सँगसँगै अगाडि बढाएको उनको भनाइ छ।
उनले भने, ‘म यो पेसाबाट सन्तुष्ट नै छु। तर विगतका वर्षजस्तो व्यापार छैन, निर्वाह भने चलेकै छ।’ पछिल्लो समय आधुनिक वाद्यवादनका सामग्री प्रयोग बढी हुँदा मादल बिक्री कम हुन थालेको उनको भनाइ छ। यही पेसाबाटै घरखर्च चलिरहेको बताउँदै सार्कीले भने, ‘अहिलेसम्म चलेको यही पेसाबाटै हो। यसमा सन्तुष्ट नहुनुपर्ने कारण छैन।’










TU’s 51st Convocation: 16,380 students awarded with degrees
Former Home Minister Lekhak to record statement before commission
ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया