सोमबार, वैशाख १५, २०८२

एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने

मेरोन्यूज २०८१ कार्तिक ३० गते १६:५७

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको प्रसारण अधिकार स्टार स्पोर्ट्सलाई दिएको छ ।

शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा क्यानले एनपीएलको प्रसारण अधिकार भारतीय प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सलाई दिइएको जानकारी दिएको हो ।

८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रतिक्रिया