दक्षिण कोरियाली विपक्षी नेता ली निलम्बित

सियोल। दक्षिण कोरियाली अदालतले देशको विपक्षी नेतालाई चुनावी कानुन उल्लङ्घन गरेको आरोपमा शुक्रबार राजनीतिबाट निलम्बित गरी जेल सजाय सुनाएको छ । यो फैसलाले अर्को राष्ट्रपति निर्वाचनमा भाग लिनबाट उनलाई रोक्न सक्छ ।
सियोल केन्द्रीय जिल्ला अदालतले मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीका नेता ली जे–म्युङलाई सार्वजनिक आधिकारिक निर्वाचन ऐनको उल्लङ्घन गर्दै झुटो बयान दिएकोमा दोषी ठहर गरेको हो ।
अदालतले उनलाई एक वर्षको जेल सजाय र दुई वर्षका लागि राजनीतिक प्रतिस्पर्धामा सहभागी हुनबाट निलम्बन गरेको अदालतको प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । यो मुद्दा सन् २०२२ को चुनावी अभियानमा लीले दिएको बयानसँग सम्बन्धित छ ।
फैसलापछि लीका आक्रोसित समर्थकहरू अदालत बाहिर भेला भई उनको पक्षमा नाराबाजी गरेका थिए । नेता लीले फसलालाई कोरियाली इतिहासको कालो दिन मान्ने वाचा गर्दै फैसला स्वीकार गर्न निकै गाह्रो भएको बताएका छन् ।
उनले भने, “मलाई विश्वास छ कि हाम्रा जनताले सामान्य ज्ञान र न्यायको भावना प्रयोग गरेर आफ्नै निष्कर्षमा पुग्न सक्छन ।”
सन् २०२७ मा हुने दक्षिण कोरियाको आगामी राष्ट्रपति चुनावमा लीलाई प्रमुख दावेदारका रूपमा हेरिएको छ । यद्यपि लीले धेरै कानुनी मुद्दाहरूको सामना गर्नुपरेको छ ।
लीले सन् २०२१ डिसेम्बरमा विवादास्पद विकास परियोजनाका प्रमुख व्यक्तित्व किम मुन–कीलाई नचिनेको भनी झूटो बयान दिएका थिए । किम केही दिन अघि मृत फेला परेका थिए तर उनको मृत्युको बारेमा प्रहरीले प्रमाण फेला नपारेको जनाएको छ । अभियोजकहरूले लीलाई दुई वर्षको जेल सजायको माग गरेका थिए ।
सन् २०२१ मा संसदीय सुनुवाइका क्रममा भूमि, पूर्वाधार र यातायात मन्त्रालयले स्थानीय अधिकारीहरूलाई अर्को विवादास्पद विकास परियोजनाका लागि ‘दबाब’ दिएको भन्दै झूट बोलेको आरोप पनि ली माथि लगाइएको छ ।
फैसला कार्यन्वयन भयो भने, दक्षिण कोरियाली कानूनले लीको संसदीय सीट खारेज गरी अर्को पाँच वर्षसम्म सार्वजनिक पदका लागि प्रतिबन्ध लगाउनेछ । प्रतिवन्धले सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा उनलाई उम्मेदवार बन्नबाट रोक लगाउनेछ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया