जलवायु वित्तको माग गर्दै काठमाडौंमा र्याली

काठमाडौं । जलवायु वित्तको माग गर्दै काठमाडौंसहित विभिन्न सहरमा र्याली निकालिएको छ।
जलवायु अभियान्ता, नागरिक समाज, पिछडिएको वर्ग, अपांगता भएका व्यक्तिह, साना किसान, आदिवासी र स्थानीय समुदायले शनिबार र्याली निकालेका हुन्।
र्यालीले अजरबैजानको बाकुमा जारी कोप २९ सम्मेलनको समर्थन गरेको छ।
शनिबार बिहान काठमाडौंमा आयोजना गरिएको र्याली काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएर रत्नपार्क सम्म पुगेर समापन भएको छ। र्यालीका क्रममा विभिन्न झाँकी प्रदर्शनका साथै सचेतनात्मक नारा पनि लगाइएको थियो।
काठमाडौंका अलवा चितवन, ढल्केबर, विराटनगर, जनकपुर, पोखरा, लमजुङ्ग, हेटौडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा सप्तरी, सुर्खेत, र नेपालगञ्जमा समवर्ती गतिविधिहरू सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ।
औद्योगिक देशले ऐतिहासिक जलवायु ऋण, जसको अनुमानित रकम प्रति वर्ष पाँच ट्रिलियन अमेरिकी डलर ६ त्यो चुकाउनु पर्ने माग र्यालीका सहभागीहरुले गरेका छन्।
उनीहरुले अहिलेको यो अभियान भविष्यको लागि एक न्यायपूर्ण र दिगो मार्गको पहिलो किस्ता भएको र विश्व उत्तरको विगतका कार्य र निष्क्रियताले सिर्जना गरेका गम्भीर असमानताहरू र अन्यायहरू न्यूनिकरण गर्ने दाबी गरेका छन्।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया