मधेसका मुख्यमन्त्री दुई सय ५१ सदस्य प्रमण्डलको नेतृत्व गर्दै अयोध्या प्रस्थान

जनकपुरधाम । यहि मंसिर २१ यहाँ आयोजना हुने जानकी विवाह महोत्सवका सन्दर्भमा मधेसका मुख्यमन्त्री शतिसकुमार सिंह नेतृत्वको दुई सय ५१ सदस्य प्रतिनिधिमण्डल उत्तरप्रदेशको अयोध्यास्थित श्रीराम मन्दिरका पदाधिकारीलाई आमन्त्रण गर्न आज त्यसतर्फ प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलमा विश्वहिन्दूपरिषद् नेपाल, जनकपुरका प्रमुख मजोजकुमार साह, जनकपुर उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी र जानकी मन्दिरका उत्तराधिकारी रामरोशनदास वैष्णवलगायत नागरिक समाजका प्रतिनिधि सहभागी छन् ।
प्रतिनिधिमण्डल आइतबार राति अयोध्या पुग्ने र उक्त मन्दिरका पदाधिकारीलाई आमन्त्रण गर्ने परिषद्का अध्यक्ष सन्तोष साहले बताए । सोमबार अयोध्यास्थित राममन्दिरमा तिलकोत्सवको आयोजना गरिनेछ । परम्परागत रुपमा आयोजना हुँदै आएको जानकी विवाह उत्सवमा सहभागी हुन प्रतीकात्मक रुपमा भगवान् श्रीरामका साथै चारै दाजुभाइ र तीन रानीका लागि लत्ताकपडा गरगहनासँगै माखन, दहीच्यूरा, फलफूल पकवान मिष्टान्न सौगातस्वरुप राममन्दिरका पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया