क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

दमौली (तनहुँ) । भाषा, साहित्यका माध्यमबाट राष्ट्रसेवा गर्ने उद्देश्यले यहाँ स्थापना भएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार सरुभक्तलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले रु २५ हजार राशिको उक्त पुरस्कार सरुभक्तलाई प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाली साहित्यको उन्नयनमा उनले गरेकाे योगदानको कदर गर्दै कवि सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । यसैगरी, ‘नेपाल अधिराज्यमा तनहुँ’ वाङ्मय पुरस्कार भारत कोलकाताका सत्यप्रकाश तिवारीलाई प्रदान गर्ने निर्णय भएको छ ।
उक्त पुरस्कारको राशि पनि रु २५ हजार छ । साथै रु १० हजार राशिको गीतल राष्ट्रिय पुरस्कार दैलेखका ओम रिजाललाई प्रदान गर्ने निर्णय भएको छभने रु पाँच हजार राशिको गीतल प्रतिभा पुरस्कार भिमाद नगरपालिका निवासी नारायणकैलाश सिग्देललाई प्रदान गरिने भएको छ । यी सबै पुरस्कार आगामी चैतमा एक कार्यक्रम आयोजना गरी प्रदान गरिने छ ।















कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया