चौथो टी-२० मा इंग्ल्याण्डविरुद्ध वेस्ट इन्डिजको जित

काठमाडौं । ब्याट्सम्यान जमेको चौथो टी-२० खेलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई ५ विकेटले हराएको छ। इंग्ल्याण्डले दिएको २१९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १ ओभर बाँकी रहँदा ५ विकेटको क्षतिमा २२१ रन जोडेको हो।
वेस्ट इन्डिजको जितका लागि प्रारम्भिक जोडी एभिन लेविस र साइ होपले ९ ओभरमा १३६ रनको साझेदारी गरेका थिए। १० औँ ओभरको पहिलो बलमा रेहन अहमदको बलमा लेविस आउट भएपछि सो साझेदारी टुटेको थियो। सो समयमा खेल वेस्ट इन्डिजको पक्षमा पुगिसकेको थियो। लेविसले ३१ बलमा ४ चौका र ७ छक्काको सहयोगमा ६८ रन प्रहार गरे।त्यसपछिको बलमा अर्का प्रारम्भिक ब्याट्सम्यान साइ होप रन आउट भएका थिए। उनले २४ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५४ रन जोडेका थिए।
अहमदले लगत्तै अर्को बलमा निकोलास पूरणलाई पनि डक आउट गरेका थिए। १० औं ओभरको पहिलो ३ बलमा ३ विकेट लिनुका बाबजुद इंग्ल्याण्ड खेलमा फर्कन भने असमर्थ रह्यो।कप्तान रोभमान पावेल २३ बलमा ३८ रन प्रहार गर्न सफल भए भने स्टेफन रुथरफोर्डले १७ बलमा २९ रन जोडे।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५ विकेटको क्षतिमा २१८ रन जोडेको थियो। फिल साल्टले ३५ बलमा ५५ रन प्रहार गरे। उनको पारीमा ५ चौका ४ छक्का समावेश थियो। ज्याकोब बेथेल अविजित रहँदै ३२ बलमा ६२ रन जोडे। होप सो खेलको म्यान अफ द म्याच बने।
५ खेलको शृङ्खला यसअघि तेस्रो खेलको समाप्तिमा नै इंग्ल्याण्डले जितिसकेको छ।
















आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया