४९ उपसचिव पदमा बढुवाको प्रक्रिया स्थगित
मेरोन्यूज
२०८१ मंसिर ३ गते १८:४८

काठमाडौं । लोक सेवा आयोगले ४९ पदमा राजपत्रांकित द्धितिय श्रेणी उपसचिवका लागि बढुवाको सूचना तथा विज्ञापनको प्रक्रिया स्थगित गरेको छ ।
आयोगले सोमबार एक सूचना जारी गर्दै उच्च अदालत पाटनबाट कात्तिक १४ मा भएको आदेश कार्यान्वयनका लागि आयोगबाट गत असोज ३० मा प्रकाशित इन्जिनियरिङ सवातर्फ उपसचिव वा सो सरहको पदमा बढुवा सूचना तथा आन्तरिक प्रतिस्पर्धा तर्फको विज्ञापनको दरखास्त संकलन समेतका काम स्थगित गरिएको जनाएको हो ।
जसअनुसार नेपाल इञ्जिनियरिङ सेवाका राज पत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका बढुवा सूचना र आन्तरिक प्रतिस्पर्धातर्फका विज्ञापनको दरखास्त संकलन समेत रोकिएको छ ।
सम्बन्धित
















सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएकोछ: बालेन शाह
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
प्रतिक्रिया