आइएफआरसी महासचिव चापागाईँद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण

काठमाडौँ । यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) लाई प्रदान गरिएको छ । सिड्नी विश्वविद्यालय अष्ट्रेलिया, सिड्नी पिस फाउण्डेशनद्वारा स्थापित सो पुरस्कार विश्वमा शान्ति, न्याय, अहिंसा तथा मानवीय सेवामा अतुलनीय योगदान पुर्याएबापत हरेक वर्ष प्रदान गरिन्छ ।
सिड्नीमा सोमबार आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन चापागाईँले सो पुरस्कार ग्रहण गर्नुभएको आइएफआरसीले जनाएको छ । आइएफआरसीको सर्वाेच्च पद महासचिवमा पुग्ने चापागाईँ पहिलो नेपाली हुनुहुन्छ । रेडक्रस तथा रेडक्रिसेन्ट अभियानलाई सशक्त बनाउन उहाँले अतुलनीय नेतृत्व प्रदान गर्दै आएका छन् ।
यही नेतृत्वका कारण महासचिवमा दोस्रो कार्यकालका लागि पनि सेवारत हुनुहुन्छ । विशेष गरेर कोरोना महामारीका समयमा सङ्कटासन्न समुदायलाई मानवीय सहयोगका लागि विश्वव्यापी रूपमा उनले निर्वाह गरेकाे भूमिका ऐतिहासिक रहेको बताइएको छ । आइएफआरसीमा नेपाल रेडक्रससहित विश्वका एक सय ९१ देशका रेडक्रस आवद्ध छन् ।
आइएफआरसीद्वारा जारी गरेको विज्ञप्तिका अनुसार पुरस्कार ग्रहण गर्दै महासचिव चापागाईँले आइएफआरसीले ‘सिड्नी शान्ति पुरस्कार’ प्राप्त गर्नु गौरवको विषय रहेको चर्चा गर्दै यसले आगामी दिनमा रेडक्रसका स्वयंसेवकलाई अझ मानवीय सेवामा तल्लीन हुन उत्प्रेरण मिल्ने बताए । सिड्नी पिस फाउण्डेसनका निर्देशक मेलानी मौरिसनले महासचिव चापागाईँलाई सो पुरस्कार प्रदान गरेका थिए ।









सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री
अन्तरराष्ट्रिय साझेदारी र लगानीका कार्यक्रममा स्थानीय सरकारलाई निर्णायक भूमिकामा राख्नु पर्छ: उपप्रमुख डंगोल
82 days to go for election: Political parties contesting the PR election system get election symbols
आजका लागि सागसब्जी र फलफूलको मूल्य
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया