विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
कैलाली, गोदावरी नगरपालिका-४ बनदेबिस्थित सडकमा सु.प.प्र.०१-००१ ख ३२२८ नम्बरको बस अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक बझाङ दुर्गाथली गाउँपालिका-५ भलान्या बस्ने २५ वर्षीय मोहन जप्रेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै बर्दिया, ठाकुरबाबा नगरपालिका-१ डुम्रेनीस्थित सडकमा भे.३ प ६३६७ नम्बरको मोटरसाइकलमा भे.९ प २७८० नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा भे.९ प २७८० नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४६ वर्षीया मोतीसरा शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका भे.३ प ६३६७ नम्बरको मोटरसाइकल चालकको नर्सिङ होम नेपालगंजमा उपचार भइरहेको छ । भे.९ प २७८० नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, गैडहवा गाउँपालिका-३ गोबरौलीस्थित सडकमा अन टेस्ट लेखेको ट्याक्टर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २० वर्षीय अकलेस चाईको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया