अर्थसहित तीनवटा समितिको बैठक बस्दै
मेरोन्यूज
२०८१ मंसिर ५ गते ७:१५

काठमाडौं । संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक संघीय संसद सचिवालय सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कारबाहीका लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्रीसहितको उपस्थितिमा छलफल हुनेछ ।
यस्तै, मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व सङ्कलनको अवस्था र भन्सार कार्यालयहरूले ब्यहोर्नु परेका नीतिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया