युक्रेनले सीमा क्षेत्रमा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी

मस्को ।रुसी सेनाले मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य सुविधामा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । यो वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको पहिलो आक्रमण हुनेछ ।
“स्थानीय समयानुसार बिहान ०३:२५ बजे शत्रुले ब्रयान्स्क क्षेत्रमा छ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । पुष्टि गरिएको तथ्याङ्कअनुसार अमेरिकामा निर्मित एटिएसिएमएस सामरिक क्षेप्यास्त्र क्षेपणास्त्रहरू प्रयोग गरिएको थियो”, सैन्य मन्त्रालयले एक बयानमा भनेको छ ।युक्रेनले महिनौँदेखि वासिङ्टनलाई रूसी क्षेत्रमा रहेका स्थलहरूमा प्रहार गर्न लामो दूरीको एटिएसिएमएस क्षेप्यास्त्र प्रयोग गर्न दिन माग गर्दै आएको थियो ।
मस्कोले रुसको अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रमा आक्रमण गर्न पश्चिमी हतियारको प्रयोगले संयुक्त राज्य अमेरिकालाई द्वन्द्वमा प्रत्यक्ष सहभागी बनाउने र ‘उचित र स्पष्ट जवाफ’ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
आफ्नो बयानमा रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाद्वारा पाँच वटा क्षेप्यास्त्र खसालिएको र छैटौँको टुक्रा अनिर्दिष्ट ‘सैन्य सुविधा’ मा खसेको भन्दै सानो आगलागी भएको बताएको छ । “कुनै हताहत वा क्षति भएको छैन”, मन्त्रालयले भन्यो ।युक्रेनका विदेशमन्त्रीले सोमबार रुसभित्र आक्रमणका लागि क्षेप्यास्त्र प्रयोग गर्ने अनुमतिको लगभग तीन वर्ष पुरानो द्वन्द्वमा सम्भावित ‘गेम चेन्जर’ का रूपमा प्रशंसा गरे ।













Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
प्रतिक्रिया