अभिनेता होइन वैज्ञानिक बन्न चाहन्थे शाहरुख

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले दुबई ग्लोबल समिटमा आफ्नो अभिनय करियरको खुलासा गरेका छन् । उनले अभिनय आफ्नो लक्ष्य नभएको बताए । आफु वैज्ञानिक बन्न पढ्दै गरेको तर बुबाको मृत्युपछि पढाइ छोड्नु परेको शाहरुखले बताए।
आफ्नो अभिनय करियरको बारेमा कुरा गर्दै शाहरुख खानले भने– अभिनयको दुनियाँमा प्रवेश गर्ने कुनै योजना थिएन । धेरै पटक मलाई लाग्छ कि मैले गरेको अध्ययनको अभिनेता बन्नुसँग कुनै सरोकार थिएन। त्यतिबेला भारतमा भर्खरै टेलिभिजन आएको थियो र मैले रु १५०० पाइरहेको थिएँ, जुन त्यतिबेला मेरो लागि ठूलो रकम थियो ।
टेलिभिजनमा काम गर्दा बेलाको खुलासा गर्दै शाहरुख खानले भने– एक दिन म स्कुटरमा घर जाँदै थिएँ । मलाई देखेपछि दुई जना महिला चिच्याउन थाले । उनीहरुको खुसी देखेर मैले आफैँलाई भनेँ कि यो त मैले गर्नुपर्ने हो । म जनतालाई खुसी बनाउन चाहन्छु। त्यही भएर म अभिनेता भएँ ।
शाहरुख खानको वर्कफ्रन्टको कुरा गर्दा उनी छोरी सुहानासँग फिल्म ‘किंग’ मा देखिनेछन् । सुजोय घोषको निर्देशनमा बनेको यो फिल्म सन् २०२६ को इदमा रिलिज हुनेछ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया