अफगानी किशोरीलाई ‘किड्स राइट्स प्राइज’ पुरस्कार

काठमाडौं । अफगानिस्तानमा तीन वर्षअघि तालिबान समूह सत्तामा फर्किएपछि बाँच्न सफल भएकी एक किशोरीले महिला अधिकारका लागि लडेको भन्दै मङ्गलबार प्रतिष्ठित ‘किड्स राइट्स प्राइज’ द्वारा सम्मानित गरिएको छ ।
आयोजकले एम्स्टर्डममा आयोजित कार्यक्रममा मानव अधिकारकर्मी तथा वातावरण कार्यकर्ता १७ वर्षीया नीला इब्राहिमीलाई ‘किड्स राइट्स प्राइज’ द्वारा सम्मानित गरिएको जानकारी गराएको थियो ।
क्यानाडामा बस्दै आएकी इब्राहिमी आफ्नो देशमा बालिका र महिलाको अधिकारका लागि लडिरहेकी साहसी बालिका भएको आयोजकले बताएको छ ।
बाल अधिकारका लागि काम गर्दै आएको किड्सराइट्स फाउन्डेसनले भनेको छ, “अनलाइनमा भाइरल भएको शक्तिशाली विरोध गीत रेकर्ड गरेपछि उनले अन्य अफगानी केटीहरूलाई आफ्नो अधिकारको लागि जोड दिन र विश्वव्यापी कार्यक्रमहरूमा सार्वजनिक भाषण र वकालतको माध्यमबाट उनीहरूले सामना गर्नुपरेको अन्यायको विरुद्ध खडा हुन प्रेरित गरिरहनुभएको छ।”
सन् २०२१ को अगष्टमा अमेरिकी नेतृत्वको सेना फिर्ता भएको र सत्तामा फर्किएपछि तालिवान अधिकारीहरूले इस्लामी कानुनको कठोर व्याख्या लागू गरेका छन् ।
अहिले अफगानिस्तानमा महिला र केटीहरू प्राथमिक विद्यालय भन्दा बाहिर अध्ययन गर्न, पार्क, जिम वा ब्यूटी सैलूनमा जान सक्दैनन् । उनीहरू केवल पुरुष सहयोगीको साथ आफ्नो घर छोड्न सल्लाह दिइन्छ ।
अफगानिस्तानमा लागु भएको हालैको एक नैतिकतासम्बन्धी कानूनले पनि महिलाहरूलाई सार्वजनिक रूपमा अधिकारका कुरा गर्न प्रतिबन्ध लगाएको छ ।
संयुक्त राष्ट्रसङ्घले यस स्थितिलाई ‘लैङ्गिक विभेद’ को संज्ञा दिएको छ, तर तालिबान सरकारले राष्ट्रसङ्घको यस्तो चिन्तालाई ‘निराधार र केही भागेका महिलाहरूको भनाइमा आधारित प्रोपोगान्डा भन्ने गरेको छ ।
“अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार जित्नुको अर्थ अफगानी महिला र बालिकाको आवाज विश्वभरि गुञ्जिनेछ,” पुरस्कारबाट सम्मानित भएपछि इब्राहिमीले भनिन् ।
“हामी सबैले उनीहरूलाई सबैभन्दा अँध्यारो समयमा पनि शक्ति र आशा दिइरहनुपर्छ,” पुरस्कार ग्रहणपछि उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
इब्राहिमीले गत वर्ष अफगानिस्तानमा तचालिवान सरकारको स्थापना र तत्कालिन सरकारको पतनपछि पाँच दिन लगाएर आफ्नो परिवार कसरी भागेर पाकिस्तान पुगे भन्नेबारे दिएको जानकारीले विश्वको ध्यान उनीप्रति तानेको थियो । उनी अहिले क्यानडामा बस्छिन् ।
गत वर्ष जेनेभामा आयोजित मानव अधिकार शिखर सम्मेलनमा उनले भनेकी थिइन्, “म आफ्नो नयाँ घरमा सुरक्षित महसुस गरिरहेकी छु, तर हरेक दिन म अफगानिस्तानमा छोडिएका ती किशोरीहरूको बारेमा सोच्छु।”
इब्राहिमीलाई ४७ देशका १ सय ६५ मनोनयनबाट छानिएको थियो र उनलाई नोबेल पुरस्कार विजेता यमनी पत्रकार तवाक्कोल कर्मनले ‘किड्स राइट्स प्राइज’ पुरस्कारद्वारा प्रदान गरेका हुन् ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया