बीपी राजमार्ग रातको समयमा ७ घण्टा बन्द
मेरोन्यूज
२०८१ मंसिर ६ गते ९:१०

काठमाडौं । गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुनेछ ।बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म गएरातिबाट सात घण्टा सवारी साधन सञ्चालन बन्द गरिएको कार्यालयले जनाएको छ ।
सडकखण्ड अन्तर्गत चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेकाले सडक बन्द गरिएको हो । रातिको समयमा राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा जनाइएको छ ।
सडक कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको समयमा उक्त राजमार्गमा गाडी नचलाउन आग्रह गरेको छ ।
सम्बन्धित














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया