सिरियामा भएको इजरायली हमला, ३६ जनाको मृत्यु

काठमाडौँ । सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलाममा ३६ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
बेलायतमा आधारित युद्ध पर्यवेक्षक “सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्स” ले भने इजरायली आक्रमणमा ६१ जनाको मृत्यु भएको जनाएको छ ।
जस मध्ये ३३ जना इरानी मिलिसियासँग सम्बन्धित सिरियाली, २२ जना गैर–सिरियाली, चार जना हिजबुल्लाह र दुई जना अज्ञात थिए ।
“इजरायलले अल–तान्फ क्षेत्रको पाल्मिरा सहरका धेरै भवनहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको रक्षा मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो ।
सिरियाको विदेश मन्त्रालयले “पाल्मिरा सहर विरुद्धको क्रूर इजरायली आक्रमणको कडा निन्दा गर्दै यसले यस क्षेत्रका देशहरूका जनता विरुद्धको निरन्तरको अपराधलाई प्रतिबिम्बित गरेको जनाएको छ ।
युनेस्कोको विश्व सम्पदा सुचिमा समावेश स्थल पाल्मिरा सिरियाली गृहयुद्धको चरम अवस्थामा इस्लामिक राज्यका जिहादीहरूले कब्जा गरेका थिए ।
सिरियाका पुरातत्व तथा सङ्ग्रहालयका महानिर्देशक नाजिर अवादले पछिल्लो आक्रमणमा सहरका मन्दिरहरूमा प्रत्यक्ष क्षति नभएको बताएका छन् ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया