युद्ध र मानवताविरुद्धको अपराधमा इजरायलका प्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले बिहीबार युद्ध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।
नेतान्याहुबाहेक पूर्वरक्षामन्त्री योभ गालान्ट र हमासका नेता मोहम्मद डेफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । तर, इजरायलले गत अगस्टमा गाजामा भएको हवाई आक्रमणमा डेफ मारिएको दाबी गरेको थियो ।
आईसीसीका अनुसार, नेतान्याहु र गालान्टले गाजाका नागरिकहरूलाई खाना, पानी, औषधि, चिकित्सा आपूर्ति, इन्धन र बिजुलीबाट वञ्चित गरेको आरोप छ । जुन युद्ध अपराधको श्रेणीमा परेको अदालतको भनाइ छ ।
अदालतका मुख्य अभियोजक करिम खानले गत मे महिनामा पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका थिए । गाजामा ठूलो भोकमरीको कारण नेतान्याहु र गालान्ट दोषी रहेको उनको आरोप थियो ।
गत वर्षको अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायलमा आक्रमण गरेका थिए । त्यसक्रममा एक हजारभन्दा धेरैको ज्यान गएको थियो भने २५० भन्दा बढी इजरायली अपहरणमा परेका थिए ।
जवाफी कारबाहीमा उत्रिएको इजरायलले अझै आक्रमण गरिरहेको छ । जसमा ४० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । एक लाखभन्दा बढी घाइते भएका छन् ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया