बुधबार, वैशाख १६, २०८३

बिआरआईमा अनुदान मात्र स्वीकार्यः नेता निधि

मेरोन्यूज २०८१ मंसिर ७ गते २१:१९


जनकपुर। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताएका छन्। 

Advertisement
NiccNicc

जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग उनले बिआरआईका विषयमा राष्ट्रिय छलफल र बहस गरी साझा धारणा बनाउनुपर्नेमा जोड दिए। 

“आयोजना अनुदानमा दिइयो भने ठिक छ तर ऋणका रूपमा लिनु हुँदैन। यसमा हामीले आफ्नो कुरा राखिरहेकै छौँ”, निधिले भने। 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणअघि नै आवश्यक छलफल गरी समझदारीमा पुग्नुपर्ने बताए। “ऋण लिने गरी कुनै सम्झौता गर्न नहुने पक्षमा कांग्रेस रहेको छ। यसमा बृहत छलफल गरी निष्कर्षमा पुग्न जरूरी छ। अन्तर्राष्ट्रिय सम्बन्ध समिति र संसद्मा पनि यस विषयभित्रका सन्दर्भ र योजनाबारे छलफल हुनपर्छ।”

प्रतिक्रिया