महाराष्ट्र र झारखण्डमा भाजपा नेतृत्वको गठबन्धनलाई सुरूवाती अग्रता

काठमाडौं । भारतको महाराष्ट्र र झारखण्ड विधानसभा चुनावको मतगणना सुरू भएको छ।
शनिबार बिहान साढे ८ बजेपछि सुरू भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार महाराष्ट्र र झारखण्ड दुवै विधानसभामा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले सुरूवाती अग्रता लिएको छ।
भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका अनुसार महाराष्ट्रका २८८ मध्ये ७३ सिटको मतगणना जारी छ।
त्यसमध्येका ६२ सिटमा भाजपा नेतृत्वको गठबन्धनले अग्रता लिएको छ। कंग्रेस आई नेतृत्वको गठबन्धनले ७ सिटमा मात्रै अग्रता लिएको छ।
त्यस्तै झारखण्डको ८१ मध्ये ३१ सिटको मतगणना सुरू हुँदा भाजपा नेतृत्वको गठबन्धन्ले २४ स्थानमा अग्रता लिँदा ७ सिटमा झारखण्ड मुक्ति मोर्चा र कंग्रेस आईसहितको गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
२८८ सदस्यीय महाराष्ट्र विधानसभामा बहुमतका लागि १४५ सिट र ८१ सदस्यीय झारखण्ड विधानसभाका लागि ४१ सिट जित्न आवश्यक रहन्छ।










पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा
काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने
एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया