बराबरीमा रोकियो शीर्ष स्थानको बार्सिलोना

काठमाडौं । खेलमा २ गोललेपछि परेको सेल्टा भिगोले बार्सिलोनासँग २-२ गोलको बराबरी खेलेको छ। स्पेनिस ला लिगाको तालिकामा १४ खेलमा ३४ अङ्कसहित शीर्ष स्थानमा रहेको बार्सिलोना गएराति भएको खेलमा बराबरीमा रोकिएको हो।
शनिबार भएको खेलमा भ्रमणकारी टोली बार्सिलोनाका लागि १५ औँ मिनेटमा राफिन्हा तथा ६१ औँ मिनेटमा रोबर्ट लेडवास्कीले गोल गरेका थिए।
जवाफमा सेल्टा भिगोका लागि ८४ औँ मिनेटमा अल्फान गोल्जालेज तथा ८६ औँ मिनेटमा हुँगो अल्भारेजले गोल गरेका थिए। गोन्जालेलको गोल गर्नु दुई मिनेट अघि मात्र मार्क कासाडोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो।
शनिबार भएका स्पेनिस ला लिगका अन्य खेलमा भ्यालेन्सियाले रियल बेटिसलाई ४-२ ले, एट्लेटिको म्याड्रिडले डेपोर्टिभो ला अल्भासलाई २-१ ले, गिरोनाले इस्पानियोललाई ४-१ ले तथा तथा मालोर्काले लास पल्मासलाई ३-२ ले हराएका छन्।स्पेनिस ला लिगाको तालिकामा बार्सिलोना पहिलो स्थानमा हुँदा एट्लेटिको म्याड्रिड २९ अङ्कसहित दोस्रो स्थानमा छ। रियल म्याड्रिड १२ खेलमा २७ अङ्क सहित तेस्रो स्थानमा छ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया