बराबरीमा रोकियो शीर्ष स्थानको बार्सिलोना

काठमाडौं । खेलमा २ गोललेपछि परेको सेल्टा भिगोले बार्सिलोनासँग २-२ गोलको बराबरी खेलेको छ। स्पेनिस ला लिगाको तालिकामा १४ खेलमा ३४ अङ्कसहित शीर्ष स्थानमा रहेको बार्सिलोना गएराति भएको खेलमा बराबरीमा रोकिएको हो।
शनिबार भएको खेलमा भ्रमणकारी टोली बार्सिलोनाका लागि १५ औँ मिनेटमा राफिन्हा तथा ६१ औँ मिनेटमा रोबर्ट लेडवास्कीले गोल गरेका थिए।
जवाफमा सेल्टा भिगोका लागि ८४ औँ मिनेटमा अल्फान गोल्जालेज तथा ८६ औँ मिनेटमा हुँगो अल्भारेजले गोल गरेका थिए। गोन्जालेलको गोल गर्नु दुई मिनेट अघि मात्र मार्क कासाडोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो।
शनिबार भएका स्पेनिस ला लिगका अन्य खेलमा भ्यालेन्सियाले रियल बेटिसलाई ४-२ ले, एट्लेटिको म्याड्रिडले डेपोर्टिभो ला अल्भासलाई २-१ ले, गिरोनाले इस्पानियोललाई ४-१ ले तथा तथा मालोर्काले लास पल्मासलाई ३-२ ले हराएका छन्।स्पेनिस ला लिगाको तालिकामा बार्सिलोना पहिलो स्थानमा हुँदा एट्लेटिको म्याड्रिड २९ अङ्कसहित दोस्रो स्थानमा छ। रियल म्याड्रिड १२ खेलमा २७ अङ्क सहित तेस्रो स्थानमा छ।











आजकाे सुन चाँदीकाे मूल्य
ट्रम्प र जेलेन्स्कीबिच वार्ता : ९० प्रतिशत शान्ति योजनामा सहमति
जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया