कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल

ओखलढुंगा । ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटारले कुपोषणबाट ग्रसित दुई सय ५६ बालबालिकालाई स्वस्थ बनाएको छ । कुपोषित बालबालिकाको उपचार एवं स्याहारसुसारका लागि आवासीय पोषण पुनः स्थापना गृह स्थापना गरी अस्पतालले कुपोषित बालबालिकालाई स्वस्थ बनाएको हो ।
जिल्ला अस्पतालअन्तर्गत सञ्चालित पोषण पुनः स्थापना गृहबाट आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म दुई सय ५६ बालबालिकालाई पोषणयुक्त खाना र आवश्यक औषधोपचार तथा स्याहार सेवा दिइएको छ । बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपांगताबाट बचाउन तथा कडा रोग लाग्नबाट जोगाउन पोषण पुनः स्थापना गृह सञ्चालन गरी सेवा प्रदान गर्दै आएको अस्पताल प्रमुख डा. साजन दुवालले बताए ।स्वस्थ जीवनका लागि आवश्यक पोषणको महत्वसँगै कुपोषणका कारण हुनसक्ने मानव विकासको क्षतिबारे पनि नागरिकलाई जानकारी दिने गरेको डा. दुवाल बताउँछन् । “कुपोषित बालबालिकालाई स्वस्थ बनाउन, कुपोषण हुन नदिन चेतना फैलाउने काम गरिरहेका छौँ”, उनले भने, “सामान्य हेलचेक्रयाँइ र समस्याबाट सुरु हुने कुपोषण दीर्घकालीन समस्या बन्ने तथा मानव जीवन नै समाप्त बनाउनेसम्मको घातक रोग भएकाले यसतर्फ ध्यान दिन जरुरी छ ।”
बालबालिकामा कुपोषणको समस्या देखिए बेलैमा उपचार गराउन अभिभावकलाई डा. दुवालको सुझाव छ । आवासीय पोषण पुनः स्थापना गृहमा कुपोषणले ग्रस्त भएका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई राखेर आवश्यक निःशुल्क स्वास्थ्योपचारका साथै सन्तुलित आहारको व्यवस्था मिलाइएको छ । बालबालिकाको कुपोषणको उपचार तथा व्यवस्थापन, बालबालिकाको उचाइ र उमेरअनुसारको तौल पुर्याउन आवश्यक उपचारात्मक कार्य गर्न, बालबालिकाको हेरचाह गर्ने अभिभावकलाई समेत पोषणसम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने गरिन्छ ।
“यहाँ ओखलढुंगासहित छिमेकी जिल्ला खोटाङ, सोलुखुम्बुलगायत जिल्लाका नागरिक सेवा लिने आउने गरेका छन्”, डा. दुवालले भने । पोषण पुनः स्थापना गृहमा कुपोषित बालबालिकाको हेरचाहका लागि उनीहरूका एक अभिभावकलाई राख्ने व्यवस्था छ ।
यहाँ राखिएका कुपोषित बालबालिकालाई उनीहरूको अवस्था हेरेर दैनिक आठदेखि १२ पटकसम्म आहारा खुवाउने गरिएको छ । केन्द्रबाट आव २०७७/७८ मा ३६, आव २०७८/७९ मा ७४, आव २०७९/८० मा ८२ र आव २०८०/८१ मा ५२ बालबालिकालाई सेवा प्रदान गरिएको थियो । चालु आव २०८१/८२ को चार महिनामा १२ बालबालिकाले सेवा लिएको अस्पतालले जनाएको छ ।
















डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
‘राइड सेयरिङ’ का एक सय ७५ जना चालकलाई कारबाही
मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व सङ्कलन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया