पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मेरोन्यूज
२०८१ मंसिर ९ गते १०:०४

गण्डकी । पोखरा महानगरपालिका–२८चुुत्राकोटमा एक सय आठ फिट अग्लो अर्धनारीश्वर शिवको मूर्ति स्थापना हुने भएको छ । वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार मूर्तिका लागि सङ्घ सरकारबाट रु एक करोड विनियोजन भएको छ ।
मूर्ति स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र मूर्तिसहितका अन्य संरचनाका निर्माणका लागि रु ३८ करोड लाग्ने अनुमान गरिएको उनले बताए । उक्त स्थलमा उद्यानलगायत संरचना पनि निर्माण गरिने छ । मूर्ति निर्माण गर्न पशुपति क्षेत्र विकास कोष, भारतीय राजदूतावाससँग परामर्श जारी रहेको उनले जानकारी दिए ।
पोखरा महानगरपालिका– २८ का चुत्राकोट, चिन्तेको डाँँडा, ठूलाकोट, नौरुङलाई समेटेर पर्यटकीयस्थलका रूपमा विकास गर्र्ने योजना सुनाउँदै उहाँले त्यसका लागि रु ७४ करोड खर्च हुने बताए ।
सम्बन्धित














पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया